झापाको सुरुङ्गामा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला

विराटनगर । झापाको कनकाई नगरपालिका– १ सुरुङ्गा स्थित सिर्जना टोलमा नाबालिका सहित एकै परिवारका ३ जना झुन्डीएको अवस्थामा फेला परेका छन् ।

३४ वर्षीय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्मा आज झुन्डीएको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा रविन कोरोना पोजेटिभ रहेको खुल्न आएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरक्षिक सन्तोष आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार मृतकहरु आफ्नै घरभित्र झुन्डीएको अवस्थामा फेला परेका हुन् । रविनलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ रहेकोले नेपाली सेनाको शव ब्यबस्थापन टोलीलाई खबर गरिएको आचार्यले बताउनुभयो । उहाँका अनुशार नेपाली सेनाको टोली आइएपछि मात्र घर खोलेर हेरिने छ ।

Back to top button