नेपाल आइपुग्यो, जापानले अनुदानमा दिएको खोप

काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप १६ लाख १४ हजार ७४० डोज नेपाल आइपुगेको छ ।

आज ५ लाख ५९ हजार डोज खोप ल्याइएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत ल्याइएको हो। शनिबार सवा २ लाख डोज खोप ल्याइएको थियो। गत साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अस्ट्राजेनेका खोप सहयोग गरेको हो । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ।

Back to top button