मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

उदयपुर । उदयपुर बेलका ५ गलेनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्री सोही ठाउँका ८० बर्षीय राम बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

हिजो बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका श्रेष्ठको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल चालक सुनसरी रामधुनी ३ झुम्का का २४ बर्षीय रोयल कुमार चौधरी र पछाडी सवार ठाउँका २४ बर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएकाले स्थानीय मेडिकल उपचार भएको छ ।

चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

Back to top button