ब्राउन सुगर सहित ६ जना पक्राउ

सुनसरी । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।

हिजो बेलुका ७ बजे बराहक्षेत्र ३ बाङ्गेबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बराहक्षेत्र ६ का पुरुषोतम मेहता, २९ बर्षीय बिशाल बस्नेत, बराहक्षेत्र ९ का २८ बर्षीय पाथे चन्द्रबंशी, र २८ बर्षीय जयन्त माईलालाई प्रहरीले पक्राउ गरेको हो ।

प्र १–०२–०४४प ४५५६ र प्र१–०२‘–०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा गइरहेको अबस्थामा चेकजाच गर्दा उनिहरुको साथमा ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले पक्राउ गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरी धरान १० मा रहेको ड्रिमल्याण्ड होटलबाट सप्तरी राजविराज ११ का ३० बर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ बर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Back to top button