भरुवा बन्दुक सहित एक जना पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ बाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

हिजो दिउसो तुवाचुङका ३७ बर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको हो । प्रहरीले राइले लुकाई राखेको १ थान भरुवा बन्दुक फेला परेको जनाएको छ ।

प्रहरीले बन्दुक सहित पक्राउ परेका राईमाथि अनुसन्धान गरीरहेको जनाएको छ ।

Back to top button