शिशुको हत्या आरोपमा आमा पक्राउ

बैतडी ।नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिकाकी ३५ बर्षीया महिलालाई पक्राउ गरेको छ ।

डिलाशैनी ७ की ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले जन्मिना साथ शिशुको घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

घर नजिकैको मकैबारीमा शिशुलाई जन्म दिएर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट बुझिएको प्रहरीले जानकारी दिएको छ ।

आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसनधान प्रकृया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ ।

Back to top button