ब्राउन सुगर सहित एक जना भारतिय पक्राउ

इटहरी । सुनसरी बराहक्षेत्र ८ शुक्रवारेबाट ब्राउन सुगर सहित प्रहरीले एक जना भारतिय नागरीकलाई पक्राउ गरेको छ ।

हिजो साँझ भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादवलाई पक्राउ गरेको हो ।

यादवको साथबाट ५२ ग्राम ब्राउन सुगर फेला परेको र उनले प्रयोग गरेको BR.50K0386  नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस अघि ब्राउन सुगर सहित पक्राउ परेका ब्यक्तिहरुले दिएको सुचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यादवले दिएको सुचनाको आधारमा यस अघिनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा लुकाई राखेको १७ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ ।

Back to top button