पाँचथर। पाँचथरको फिदिम १४ मा गएराति भिरबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ । फिदिम ८ घलेगाँउ का ६५वर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको हो ।
हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे मा भिरबाट करिव १०० मिटर तल झर्नुभएको थियो ।
राईको शव छोराले फेला पारी प्रहरीलाई खबर गरेपछि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।