कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसद समितिको निर्देशन

काठमाडौं । कोरोना कहरका विच को कक्षा १२ को परिक्षा कसरी सञ्चालन गर्ने भन्ने बहस भइरहेको समयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप व्यवस्था गरी भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरी भौतिक रुपमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको बताउनुभयो ।

उहाँले इन्जिनियरिङ कलेजले ट्युसन शुल्कबाहेक अरु शुल्क पनि लिएको पाइएकोले ती कलेजलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको पनि जानकारी दिनुभयो ।

Back to top button