खोलाले बगाएर नगर प्रहरी बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता हुनु भएको छ ।

वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता हुनु भएको हो ।

सोही नगरपालिकाको वडा नम्बर ८ केरुङमा उहाँको घर रहेको छ ।

२२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जाँदै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले बताउनुभयो।

मङ्गलबार खोला तर्ने क्रममा उहाँ बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता हुनुहन्छ।

उहाँको खोजीका लागि जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी लागेपनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ रहेको छ।

Back to top button