कांग्रेसका संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरु आज अनशनमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरुले क्रिशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्नेलगायतका माग राख्दै आजबाट केन्द्रीय पार्टी कार्यालय सानेपामा २४ घण्टे रिले अनशनमा बस्दै छन् ।

जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले बताउनुभयो । आफूहरुको माग संबोधनमा पार्टी नेतृत्वको ध्यानाकर्षण नभएकोले रिले अनशनमा बस्न बाध्य भएको उहाँको भनाई थियो ।

Back to top button