सानो समूहले जनता र कार्यकर्ताबिनाको पार्टी दर्ता गराए :उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अबको लक्ष्य प्रदेशको पुनः संरचना गरेर पहिचान र सामथ्र्यसहितका १० वटा अधिकारसम्पन्न प्रदेश निर्माण बताउनु भएको छ ।
जसपाले विराटनगरमा आज आयोजना गरेको प्रदेश १ स्तरीय अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधन गरी संघीयता र समावेशिता सच्याउने लक्ष्यका साथ अघि बढेको बताउनु भएको हो ।


यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै नेपालको भविष्य भएको बताउनु भएको थियो । ‘जनताको बलिदानीले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक गणतन्त्र समाप्त गर्न खोज्ने प्रतिगमनकारी शक्ती अझै विद्यमान रहेकोले सतर्क र सचेत रहन समेत कार्यकताहरुलाई सुझाव दिनु भयो ,’ उहाँले भन्नु भयो, ‘मुलुकमा अहिलेसम्म भएको हरेक आन्दोलनले परिवर्तन ल्याउ“छ तर त्यो संस्थागत हुन सकिरहेको छैन किनकी हरेक आन्दोलनले प्राप्त उपलब्धी उल्टयाउन प्रतिगमनकारी शक्ति रहिरन्छ ।’ त्यसैले अहिलेसम्मको प्राप्त उपलब्धीको संरक्षण गर्दै संस्थागत गर्नुका साथै अब मुलुकमा विद्यमान प्रतिगमनकारी शक्तिलाई जरैदेखि उखेलेर फाल्नुको विकल्प नभएको उहाँको भनाई थियो ।
अध्यक्ष यादवले महन्थ ठाकुरलाई पिएम बनाउन खोज्दा केपी ओलीको पियन बन्न पुगेको टिप्पणी समेत गर्नु भयो । ‘सँगै हिड्ने क्रममा केही व्यक्ति लड्ेकोले जसपालाई फुटेको भन्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘हाम्रै सदासयताले आएको दल विभाजनसम्बन्धी विधेयकले लडेर जसोतसो उठेका केही व्यक्तिहरुको सानो समूहले जनता र कार्यकर्ताबिनाको आज पार्टी दर्ता गराएको छ ।’
जसपाका बरिष्ठ नेता अशोक राईले गाउँदेखि टोलसम्म पार्टी सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रदेश १ मा पार्टी सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्न ज्येष्ठ कार्यकारिणी सदस्य प्रशुराम खापुङको संयोजकत्व र प्रशुराम बस्नेत सदस्य सचिव ८ सदस्यीय कार्यकारिणी सदस्यको कमिटी परिचालन गरिएको उहाँले बताउनु भयो ।
जसपाका कार्यकारिण सदस्य महेन्द्र राय यादवले गठबन्धन रहुञ्जेल महन्थ ठाकुरको समूह सरकारमा सहभागी नहुने दावी गर्नुभएको छ ।

Back to top button