विराटनगरमा दातृ निकायको सहयोगमा एकिकृत बस्ति निर्माण सुरु

विराटनगर । दलित सुकुम्बासीले ऋण लिएर खरिद गरेको जग्गामा दातृ निकायहरुको सहयोगमा एकिकृत बस्ती निर्माण गरीने भएको छ । विराटनगर महानगरपालिकाल १२ का १ सय ४५ घर निर्माण सुरु गरीएको छ । महानगर आवास परियोजनाअन्तर्गत १ सय ४५ घरधुरी सुकुम्बासीका लागि एकिकृत बस्तीमा घर निर्माण सुरु गरीएको हो

विराटनगर १२ मल्हनमास्थित केसलीया खोलाको किनारस्थित स्थानीय भैरब शर्माको ३ विघा १६ कठ्ठा ५ धुर जग्गा ४ लाख ७५ हजारको दरमा सुकुम्बासी परिवारहरुले जीवन विकास समाजबाट ऋण लिएर खरिद गरेका थिए ।

उक्त जग्गामा प्रदेश १ का कांग्रेसका प्रमुख सचेतक केदार कार्की, महानगर, ह्याविट्याट फर नेपाल र सहारा नेपाल र दाताको सहयोगमा बस्ती निर्माण सुरु गरिएको विराटनगर महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताउनु भयो  ।

जग्गाको मूल्य सुकुम्बासीहरुले तिर्ने र दुई कोठा, भान्छा कोठा, स्नान गृह र शौचालयसहितको घर निःशुल्क उपलब्ध गराउने योजनना रहेको प्रमुख सचेतक कार्कीले बताउनु भयो ।

बस्तीका लागि जग्गा खरिद गर्न जीवन विकास समाज कटहरीले १४ दशमलव ७ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएका थियो । समाजका उप कार्यकारी प्रमुख दामोदर रेग्मीले अढाई वर्षदेखि ५ वर्षभित्रमा सुकुम्बासी परिवारले ऋण चुक्ता गर्नुपर्ने बताउ नुभयो  । ‘प्रति परिवार २ लाख ६० हजार रुपैया“को दरले जग्गा र रजिष्ट्रेशन पास खर्चसमेत लगानी गरेको छ,’उहाले भन्नुभयो, ‘सुकुम्बासी परिवारलाई ऋण चुक्ताका लागि मासिक ७ हजार रुपैया“ तिर्नुपर्ने छ ।’

१ सय ४५ परिवारको नाममा बाटो बाहेक ८ धुरको दरले जग्गा रजिष्ट्रेशन पास गरीएको थियो ।   सडक किनारको ऐलानी जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी परिवारले लालपुर्जा प्राप्त गरेको जग्गामा घरसमेत पाउने भएका छन । बा“की जग्गामा सडक, उद्यान, विद्यालय र स्वास्थ्य केन्द्र निर्माण हुने कार्कीको भनाई रहेको छ ।

सुकुम्बासी परिवारको घर निर्माणका लागि ह्याविट्याटले प्रति परिवार १ लाख २५ हजारको दरले, महानगरले ९० लाख, प्रमुख सचेतक कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १ करोड उपलब्ध गराउने बताउनु भएको छ २० लाख मूल्य बराबरको सुकुम्बासी परिवारले जनश्रमदान जनाइएको छ ।

ह्याबिट्याटले सुकुम्बासी परिवारका युवाहरुलाई घर निर्माणका लागि तालिम दिएर जिल्ला दररेटका आधारमा पारिश्रमिक दिएर घर निर्माणमा खटाइरहेको छ । ह्याविट्याट र सहारा नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । ह्याविट्याटका इन्जिनियर विजयप्रसाद गुप्ताले सुकुम्बासी परिवारका लागि ४ लाखको दरले पक्की जगमाथि उपचार गरिएको बा“सको खम्बा, टाटीमा दुबैपट्टीबाट तार जाली राखेर प्लाष्टर र माथि जस्ताको छाना राखिने बताउनु भयो ।

‘घर निर्माणका लागि मात्रै ५ करोड ८० लाख बजेट खर्च हुने अनुमान गरीएको छ ।  सडक, खानेपानी, उद्यान, विद्यालय, स्वास्थ्य केन्द्र निर्माणका लागि सम्बन्धित क्षेत्रका सरकारी कार्यालयले निर्माण गरिदिने जनाइएको छ ।

घर निर्माणका लागि अपुग भएको भएको करिव २ करोड रुपैया“ दाताहरुलाई सहयोगका लागि आह््वान समेत गरीएको छ । विराटनगरकी शान्ता बस्नेत, महानगर प्रमुख भीम पराजुली, कांग्रेसका महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले ३ लाख ५० हजारका दरले घर निर्माणका लागि सहयोग गर्नु भएको छ । घर निर्माणका लागि रकम अपुग भएकाले दाताहरुकै नाममा कृषि विकास बैंक कञ्चनबारी, विराटनगर शाखामा ०६०१८०१९४७९४४०१० नम्बरको खाता खोलेर दाताहरुलाई सहयोगका लागि आग्रह गरीएको छ । दातामध्ये न्यौपाने र बस्नेतको नाममा संयुक्त खाता खोलीएको छ ।

Back to top button