महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आयोगले दियो आधिकारिकता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।
बुधबार साँझ आयोगले महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।

ठाकुर पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।

Back to top button