नेपाल र ठाकुर नेतृत्वको नयाँ पार्टीलाई मान्यता प्राप्त

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई औपचारिक रुपमा अबेर राती मान्यता प्रदान गरेको छ ।

सरकारले ल्याइदिएको दल विभाजनसम्बन्धी अध्यादेशलाई टेकेर नेपालले एमाले फुटाएर एकिकृत समाजवादी र ठाकुरले जनता समाजवादी पार्टी फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

आयोगले निवेदनमा हस्ताक्षर गरेका नेता तथा सांसदहरुलाई हिजो भौतिक रुपमा उपस्थित गराएर सनाखत गराएपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबेर राती दुबै ददको प्रमाण पत्र नेपाल र ठाकुरलाई हस्तान्तरण गर्नुभएको हो । अब आयोगले संसद सचिवालयमा दल दर्ताको जाानकारी पठाएपछि दुबै दलले संसदमा पनि मान्यता पाउनेछन् ।

Back to top button