मुख्यमन्त्री राइले आज राजिनामा दिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिदै हुनुहुन्छ । नेकपा एमाले संसदीय दलको बैठक आज बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । माधब नेपालको नेकपा एकिकृत समाजवादीमा गएका सांसदहरुलाई पनि अनिवार्य उपस्थित हुनुपर्ने निर्देशनसहित आज ११ बजेका लागि दलको बैठकमा बोलाइएको सांसदहरुले बताएका छन ।

आज बस्ने एमाले संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने र आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमालेका नेताहरुले बताएका छन । नेता आचार्य भने काठमान्डौमा नै हुनुहुन्छ । आज नै पहिलो उडानवाट बिराटनगर आउने तयारीमा रहेको उहाँ निकट स्रोतले जनाएको छ ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जसमा एमालेकै सभामुख रहनुभएको छ भने अन्य एक जना फरार हुनुहुन्छ । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको समाजवादीको दावि रहेको छ भने त्यो सख्या घटेको एमालेको दावि छ ।

Back to top button