मुख्यमन्त्री राईले आज राजिनामा दिने, भीम आचार्यले सपथ लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिएर आजै प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीमा सपथ ग्रहण गराउँदै छ । नेकपा एमाले संसदीय दलको बैठक अहिले बिहान ११ बजेलाई बोलाइएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिई आचार्यलाई दलको नेता बनाउने तयारी रहेको एमालेका एक नेताले बताउनुभयो ।

माधब नेपालको नेकपा (एकिकृत समाजवादी) पार्टीलाई निर्वाचन आयोगले गए रााती नै मान्यता प्रदान गरेपछि यस प्रदेशमा एमालेको बहुमत गुम्न नदिन एमालेले आचार्यलाई मुख्यमन्त्रीमा सपथ ग्रहण गराउन लागेको हो ।

काठमाडौंमा रहेका आचार्य अहिले पहिलो फ्लाइटबाट विराटनगर आउनु हुनेछ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् ।

एमालेका ५१ प्रदेश सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगर दोषी ठहर गरेपछि फरार हुनुहुन्छ । प्रदेशसभामा बहुमत कायम राख्न आवश्यक ४६ प्रदेश सांसद काायम राख्न एमालेलाई चुनौति भएपछि मुख्यमन्त्री राईले राजिनामा दिएर सहजीकरण गर्न लागेको हो ।

एकिकृत समाजवादीमा खुलेका ८ जना सांसदलाई अधिकतम ४ जनामा सिमित गर्न एमालेले मुख्यमन्त्री परिवर्तनको चाल चलेको छ । समाजवादीमा खुलेका प्रदेश सांसदहरुमा राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्ग, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे हुनुहुन्छ । एमालेका ६ जना सांसद सावित्रीकुमारी रेग्मी, लिलाबल्लभ अधिकारी, यसोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ अहिलेसम्म तटस्थ हुनुहुन्छ ।

समाजवादीमा खुलेका सांसदमध्ये केन्द्रीय सदस्यमा नाम परेका राजेन्द्रकुमार राई, गणेशकुमार काम्बाङ्ग र कृष्णकुमारी राई हुनुहुन्छ । राजन राई पनि समाजवादीमा पूर्ण रुपमा खखुलिसकेका छन् । समाजवादीमा खुलेका चौधरी, थापा, साँवा र घिमिरे भीम आचार्य निकट मानिएकाले आचार्यलाई मुख्यमन्त्री बनाएपछि उहाँहरु एमालेमा नै फर्किने विश्वासका साथ मुख्यमन्त्री परिवर्तन गर्न लागेको ।

Back to top button