इञ्जिनियरिङ कलेजलाई शुल्क नलिन पत्राचार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इञ्जिनियरिङ कलेजलाई पढाइ शुल्क नलिन पत्राचार गरेको छ ।

प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णय बमोजिम इञ्जिनियरिङ कलेजलाई कोभिड–१९ संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विश्वविद्यालयहरुलाई पत्राचार गरेको हो ।

समितिले मंगलबार इञ्जिनियरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

हिजो सम्बन्धित विश्वविद्यालयलाई बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ । पत्रमा त्यस निर्णय कार्यान्वयन गरी प्रगति विवरण मन्त्रालयलाई उपलब्ध गराइदिन समेत भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पत्र पठाइएको छ ।

Back to top button