एमाले नेता भीम आचार्यका भाई मृत फेला

विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता भीमप्रसाद आचार्यका भाई रामप्रसाद आचार्य आज मृत फेला पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आचार्य आफ्नै कोठामा मृत भेटिनुभएको हो ।

विहान अबेर सम्म कोठाको ढोका नखुलेपछि हेर्दा उहाँ चुकुल लगाएर सुतिरहेको अवस्थामा नै मृत फेला पर्नुभएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

मृतक आचार्य र उहाँकी श्रीमती मात्र बस्दै आउनुभएको थियो भने उहाँहरु समेत अलग अलग सुत्ने गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानाकारी दिनुभयो ।

Back to top button