नेकपा एमाले प्रदेश १को संसदीय दलको नेतामा भीम आचार्य चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकमा दलका नेता शेरधन राईले राजीनामा दिनुभएको थियो ।

राजिनामा पछि शेरधन राईले नै आचार्यलाई दलको नेतामा गरेको प्रस्तावलाई वैठकले सर्वसम्मतले पारित गरेको हो । यसैबीच आजै मुख्यमन्त्री शेरधनले राजिनामा दिई भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने वैठकले निर्णय गरेको छ ।

Back to top button