नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा पदभार ग्रहण

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पदभार ग्रहण गर्नुभएको हो ।

उहाँलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री कार्यालयमा फुलको गुच्छा दिँदै कार्यकाल सफलताको कामनासहित बधाई दिनुभएको छ ।

एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा आज दलको नेता चयन भएर मुख्यमन्त्री बन्नुभएको हो ।

Back to top button