पथरी उद्योग वाणिज्य संघको चुनावी साधारणसभा २६ गते हुने

पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग वाणिज्य संघको १८ औं वार्षिक चुनावी साधारणसभा यही भदौ २६ गते र निर्वाचन २८ गते हुने निश्चित भएको छ ।

उद्योग वाणिज्य संघको भदौ ७ गते बसेको बैठकको निर्णय अनुसार २६ गते वार्षिक साधारणसभा हुनेछ भने २७ गते निर्वाचन सम्वन्धी सम्पूर्ण तयारीहरु पूरा गर्ने र २८ निर्वाचन हुने महासचिव अशोक कुमार राईले जानकारी दिनुभयो ।

संघको निर्वाचन समितिमा संयोजक अर्जुनकुमार बुढाथोकी, सदस्य भवानी प्रसाद दुलाल र सदस्य दिपेन्द्र तिम्सिना रहेका छन् । संघले व्यापारिक फर्म दर्ता तथा नविकरणको मिति २० गतेसम्म राखेको जनाएको छ ।

Back to top button