अफताब आलमको मुद्दामा आज सुनुवाई हुन सकेन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद फताब आलमको मुद्दामा आज हुने भनिएको सुनुवाइ रोकिएको छ । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको यो मुद्दा आजपनि सुनुवाई नभई थन्किएको हो ।

विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भएपछि सुनुवाई हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ ।

आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उहाँ २०७६ असोज २६ मा पक्राउ पर्नुभएको हो । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएका आलम पक्राउ परेपछि उहाँको सांसद पद निलम्बनमा परेको छ ।

Back to top button