पहिरोले पुरिएर बालको मृत्यु

उदयपुर । कटारी नगरपालिका २ मिलनचौकका एक बालक आँप खहरे खोलामा खेल्ने क्रममा माथीबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ । स्थानीय पोष्ट बहादुर मगरको ७ वर्षीय छोरा कर्ण मगरको मृत्यु भएको हो ।

पहिरोले पुरिएर गम्भिर घाईते भएका बालकलाई उद्धार गरी उपचारका लागी कटारी अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

Back to top button