नेपाल–भारत उद्योग बाणिज्य संघ पूर्वाञ्चलको नेतृत्वमा उद्योगी बोहरा

विराटनगर । उद्योगी तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराको नेतृत्वमा नेपाल–भारत उद्योग बाणिज्य संघ पूर्वाञ्चलमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

संघको शनिबार विराटनगरमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय, द्वितीय उपाध्यक्षमा श्यामप्रसाद पौडेल, महासचिवमा रमेश राठी र कोषाध्यक्षमा विकास चौधरी चयन हुनुभएको छ ।

सदस्यमा सन्तोष चौधरी, श्रवण अग्रबाल, याादव खरेल, गायत्री भण्डारी, विजय डालमिया, बेनीगोपाल मुन्दडा, सोम अधिकारी, रबिन दाहाल, महेश पौडेल र विनोद बस्नेत चयन भएको नवनिर्वाचित अध्यक्ष बोहराले बताउनुभयो ।

बोहराले नेपाल–भारतबीचको व्यापार व्यवसाय प्रवद्र्धनका साथै दुई देशबीचको आयात निर्यातमा भइरहेको समस्या समाधानका लागि संघले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भयो ।

Back to top button