प्रदेश १ सहित ५ प्रदेशमा वर्षाको पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन अति सक्रिय भएकोले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभरि बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्र र पहिरो प्रभावित क्षेत्रका वासिन्दालाई सचेतता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Back to top button