झापा कांग्रेस सभापतिमा वर्तमान र पूर्व उपसभापतिको उम्मेदवारी घोषणा

बिर्तामोड । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा पार्टीका उपसभापति राम कट्टेल र पूर्व उपसभापति देउमान थेबेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

कांग्रेस महाधिवेशन निर्वाचन समितिले सार्वजनिक गरेको झापाको क्रियाशील सदस्यमा १६ हजारले सदस्यता नवीकरण र १७ नयाँ क्रियाशील सदस्यता थप गरिएको जिल्ला सभापति उधव थापाले बताउनुभयो ।

दुई कार्यकाल लगातार जिल्ला सभापति हुनुभएको थापालाई कांग्रेसका विधानले पुनः जिल्ला सभापतिमा उम्मेदवार बन्न रोक लगाएकाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । तर उहाँको नाम कांग्रेसको प्रदेश १ सभापतिमा पनि चर्चामा छ ।

Back to top button