लायन्सको पदस्थापन तथा पदभार ग्रहण कार्यकम सम्पन्न

भूमिप्रसाद पाठक,

पथरीशनिश्चरे । लायन्स क्लब पथरीशनिश्चरेले मातहतका चारवटा क्लबहरुलाई लिएर एकसाथ पदस्थापन तथा पदभार ग्रहण कार्यकम सम्पन्न गरेको छ ।

गोरखा डिपार्टमेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई र लायन्सका डिष्ट्रीक गभर्नर रेवतबहादुर कार्की, लायन इन्द्रबहादुर खत्री राजन र लायन लिलाकुमार ढुङ्गेललगायतको सहभागिता थियो ।

कानेपोखरी गाउँपालिकामा क्रियाशील लायन्स क्लब समेतको संयुक्त पदस्थापन तथा पदभार ग्रहण कार्यकम भएको हो । चारवटै क्लब र लियो क्लबलाई पदभार र सपथको व्यहोरा डिष्ट्रीक गभर्नर लायन रेवतबहादुर कार्कीले कार्यान्वयन गराउनु भएको थियो ।

लायन लिलाकुमार ढुङ्गेल, लायन राजन खत्री, लायन नरनाथ सापकोटाले शुभकामना मन्तव्य सहित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने लायन तुलसीराम ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

लायन भगवती कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायनहरु सर्वलाल राई, लक्ष्मी सुवेदी, उमेश खड्का, उपेन्द्र कँडेल, टीका प्रसाद दंगाल, गोमा पौडेल, पर्शुराम मिश्र, भगतचन्द्र थपलिया, अर्जुनकुमार बुढाथोकी, केबी गुरुङ, युवराज ओझा, हेमसागर चापागाई , केदार बोहोरा, देवी राई, मुरारी आचार्य र सामाजिक–राजनीतिक व्यक्तित्व युवराज बास्कोटालगायतको उपस्थिति थियो । लायन्स लिडर रोशन बुढाथोकीले धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

Back to top button