नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढिकरण अभियानलाई तिब्रता दिएको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रता दिएको हो ।

अभियान अन्तर्गत रतुवामाईका १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ । रतुवामाईको शनिश्चरेमा सम्पन्न नगरस्तरीय भेलाले कुलदीप दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा रामबहादुर खाती, सचिवमा सन्तलाल हरिजन, सह–सचिवमा ओमप्रकाश सुन्दास र कोषाध्यक्षमा कमला सुन्दासलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा मनकुमारी विशुंखे, सन्तलाल हरिजन, रामबिलास ऋषिदेव, बरपलाल हरिजन, रामकुमार पासवान, रोजिना बि.क, कुमार परियारलगायत रहनुभएको छ ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) मोरङका सचिवालय सदस्य, मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज जितनारायण सरदार, प्रदेश कमिटी सदस्य छत्र बराइली, मोरङ अध्यक्ष किशोर विश्वकर्मालगायतले शुभकामना व्यक्त गर्नुभयो ।

उहाँहरुले सवैभन्दा विपन्न र भूमिहीन दलित समुदाय रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यो समुदायको समस्या समाधान गर्न भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरि काम अघि बढाएको चर्चा गर्नुभयो ।

यद्यपी भूमिहीनले जग्गा प्राप्त गर्ने बेलामा परमादेशबाट बनेको वर्तमान सरकारले आयोग खारेज गरेर लाखौँ भूमिहीन दलित समुदायमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।

Back to top button