१० बुँदे सहमति कार्यान्वयन गर्न ३२ नेतालाई जिम्मेवारी, प्रदेश १मा भिम आचार्य देखि टंक आङ्बोहाङसम्म

काठमाडौँ ।नेकपा एमालेले पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेतालाई जिम्मेवारी तोकेको छ ।

स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयसहित सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशनमा सातवटै प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न ३२ नेतालाई जिम्मेवारी तोकिएको हो ।
एमालेले २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार प्रदेश इन्चार्जको भूमिकामा रहेका नेतालाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश–१ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ र प्रदेश–२ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वालाकुमारी साहलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल, गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत् विश्वकर्मा, लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी तोकिएको छ ।

त्यसै गरी, जनसंगठनहरूमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी तोकिएको छ ।

Back to top button