आज झापा मोरङ र सुनसरीमा सार्वजनिक बिदा,विराटनगरमा खटयात्रा निकालिने

विराटनगर । प्रदेश १ सरकारले तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । झापा मोरङ र सुनसरीमा सार्वजनिक बिदा दिइएको हो । रथयात्राका लागि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

यसैगरी विराटनगरमा यसवर्ष खटयात्रामा निकालिने भएको छ । गतवर्ष पनि रथयात्राका ठाउँमा खटयात्रा निकालिएको थियो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हजारौँको भीडमा निकालिने रथयात्रा कोरोना महामारीका कारण खट यात्रा निकाल्ने जनाइएको छ ।

विराटनगरको तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीको मूर्तिलाई खटमा राखेर सुरु हुने यसवर्षको खटयात्रा तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा पुर्याएर समापन गरिने जनाइएको छ ।

Back to top button