सत्तापक्ष भन्छ ४ जनामा सिमित राख्छौ, बिद्रोहि पक्ष भन्छ १३ जना पुर्‍याउँछौ

विराटनगर ।नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू भोलि प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी ( एस) मा खुलेका सांसदहरुले निर्वाचन आयोगमा गएर भोलि बिहान १० बजे हस्ताक्षर बुझाउने तयारीमा उनिहरु जुटेका हुन ।

दल फुटेपछि २१ दिनभित्रमा नयाँ पार्टीमा जानेले दल छान्नु पर्ने कानुनी ब्यवस्था रहेको छ । त्यहि अनुसार भदौ २२ भित्रमा राजनीतिक दल छानिसक्नु पर्नेछ ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा ( एस) मा अहिले सम्म १० जना सांसद खुलिसकेका छन ।अहिले सम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलिसक्नु भएको छ ।

भोलि सम्ममा १२ देखी १३ जना सांसद बढ्ने नेकपा (एस)तिर खुल्नुभएका प्रदेश सांसद राजन राइको दाविरहेको छ । उहाँले,‘भन्नुभयो १० जनात चट्टाननै फुटेपनि कतै जानुहुन्न अझै तिन जना माननिय हामीसग आँउदै हुनुन्छ । ’

यता नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धि कुमार राज भन्डारीले भने नेकपा एकिकृत समाजवादीमा ४ जना भन्दा बढि सांसद नहुने दावि गर्नु भएको छ । उहाँले,‘ अरुदिन ५० जनानै हाम्रो पक्षमा छन भन्दा पनि हुन्छ तर निर्वाचन आयोृगमा पुग्दा ४ जना मात्रै हुनुहुन्छ ।

राजेन्द्र राई, गणेश काङवाङ,कृष्णकुमारी राई र राजन राई बाहेकका केन्द्रिय सदस्यलाई एमालेमै राख्ने योजनामा नेताहरु रहेका छन ।

Back to top button