आज एकिकृत समाजवादिमा खुलेका सांसद बिहान ११ बजे निर्वाचन आयोगमा जाने

विराटनगर ।नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू आज प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी ( एस) मा खुलेका सांसदहरुले निर्वाचन आयोगमा गएर आज बिहान ११ बजे हस्तार बुझाउने तयारीमा उनिहरु रहेका छन । दल फुटेपछि २१ दिनभित्रमा नयाँ पार्टीमा जानेले दल छान्नु पर्ने कानुनी ब्यवस्था रहेको छ । त्यहि अनुसार भदौ २२ भित्रमा राजनीतिक दल छानिसक्नु पर्ने छ ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा ( एस) मा अहिले सम्म १० जना सांसद खुलिसकेका छन । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलिसक्नु भएको छ । ।

Back to top button