टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर ।टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलवार साँझ पूर्वबाट पश्चिम जाँदै गरेको को१ख ६५०३ नम्बरको टिपरले मोरङको सुन्दरहरैचा ७ गोठगाँउमा विपरीत दिशाबाट आइरहेको प्रदेश १०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक पथरी शनिश्चरे नगरपालिका २ का ४१ वर्षिय बिरेन्द्र लिम्बु घाइते हुनुभएको थियो ।

घाइते लिम्बुको उपचारको क्रममा विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठामा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ठक्कर दिने टिपरसमेत सडक पल्टेको थियो । टिपरतथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको बेलबारी प्रहरीले जनाएको छ ।

Back to top button