ब्राउनसुगरसहित तीन जना पक्राउ

झापा । प्रहरीले अर्जुनधारा ४ मदनपुरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । अर्जुनधारा २ का १८ वर्षीय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा ३ का २६ वर्षीय सौगात खतिवडालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले पक्राउ परेकाहरुको साथबाट ७ ग्राम ब्राउनसुगर र ४९ हजार ५ सय नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button