सानिमा हाइड्रोपावरमा ढुंगाले किचिएर मजदुरको मृत्यु

ताप्लेजुङ । फुङलिङ नगरपालिका १० सिम्लेमा निर्माणाधिन सानीमा हाईड्रोपावरमा काम गर्ने एक मजदुरको ढुंगाले किचिएर आज मृत्यु भएको छ । ताप्लेजुङको फत्तालुङ गाउँपालिका १ का ४४ वर्षीय खगप्रसाद तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना पकाउने काम गर्दै आएका तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट खसेको ठूलो ढुंगाले किचिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Back to top button