नवनियुक्त प्रधानसेनापति शर्मालाई नियुक्तिपत्र प्रदान

काठमाडौँ । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नियुक्तिपत्र पाउनुभएको छ ।

कमरक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति शर्मालाई नियुक्तिपत्र दिनुभएको हो ।

बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७८ साउन २६ गतेबाट कायममुकायम प्रधानसेनापति सम्हाल्ने अख्तियारी शर्माले पाउनुभएको थियो ।

नेपाली सेनाका पीएसओज रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीको सहभागिता रहेको कार्यक्रममा रक्षा सचिवले कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

Back to top button