पार्टी फुटाएर जानेहरु आँउदो चुनाव देखि राजनितिबाट सन्न्यास लिन्छन: एमाले नेताहरु

विराटनगर । नेकपा एमालेका नेताहरुले पाटी फुटाएर जानेहरुले आउने चुनाब देखि राजनिति बाट शन्यास लिनुपर्ने अबस्था आउन सक्ने बताएका छन ।

एमाले विराटनगर महागर कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोलिडब्युरो सदस्य भानुभक्त ढकालले २०५४ सालमा बाजा बजाएर पाटी फुटाए पनि फुटेको पाटीको हालत भएको बताउनु भयो ।उहाँले माधब नेपालको हालत पनि २०५४ सालको जस्तै हुने र केहि समय पछि राजनितिबाटै सन्यास लिने बताउनु भयो ।

अर्का पोलिडब्युरो सदस्य लालबाबु पन्डितले बामदेव गौतम अवसरवादी भएको आरोप लागउनु भयो । उहाँले गौतमको पहिला अस्तित्व भएपनि अहिले सकिएको भन्दै इतिहासको पेन्डुलम पात्रत्रको सज्ञा दिनुभएको छ । माधब नेपाल आफु नेता नभई अरु नेताको पुच्छर भएका कारण पार्टी फुटेको उहाँको भनाइ रहेको छ ।

एमालेको नेताहरुले बिचल्लीत नहुन समेत कायकर्ताहरुलाई आग्रह गरेका छन । कार्यक्रममा एमालेका केन्दि«य सदस्य गुरु बराल, जिवन घिमिरे,जिल्ला सचिव ऋसिकेस पोख्रेल लगायतका नेताहरुले बोल्नु भएको थियो । एमाले महानगर कमिटि अध्यक्ष सागर थापाको अध्यक्षतामा कार्यक्रम समपन्न भएको छ ।

Back to top button