मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध गतिविधि नगर्न सरकारको चेतावनी

काठमाडौं । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने खालका गतिविधि नगर्न नेपाल सरकारले जनतालाई चेतावनी दिएको छ ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

विज्ञप्तिमा मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा पनि यही गरिने उल्लेख गरिएको छ ।

Back to top button