कालिन्चोक गाउँपालिकाको सभापतिमा उम्मेदवारी दिने पदम पाठकको घोषणा

सुजन काफ्ले
दोलखा । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा कालिन्चोक गाउँपालिकाको सभापतिमा पदमराज पाठकले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
जहाँ युवा नेतृत्व, त्यहाँ सवल कांङ्ग्रेस भन्ने नारालाइ आत्मसात गर्दै काङ्ग्रेस भित्र भएका
विकृती र गुटबन्दी हटाउँन आफुले उम्मेदवारी दिएको पाठकले बताए ।

तरुण दल जिल्ला सदस्य रहेका पाठक जिल्लामा युबा नेताका रुपमा परिचित छन। हाल कालिन्चोक गाउँपालिकाका पार्टी सचीव रहेका पाठकले विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउने पहिलो उदेश्य रहेको उनले बताए ।
गाउँगाउँमा गएर कार्यकताको चाहना र भावना अनुसार काम गर्ने मेरो प्रतिबद्धता जनाउदै पाठकले अब काङ्ग्रेसको जुनसुकै तहको नेतृत्वमा युबाहरु आउनुपर्ने बताए। आगामी निर्वाचनमा काङ्ग्रेसलाइ जिताउन युबाहरुको आवश्यकता रहेको र सोही अनुरुप आफुले उम्मेदवारी दिने घोषणा गरेको पाठकको भनाइ छ।
काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा कालिन्चोकको सभापतिमा निर्बाचित गराउन पाठकले आग्रह समेत गरे ।

 

Back to top button