नेकपा एमालेको संसदीय दलको बैठक भोलि बस्दै, संसद अधिवेशनका विषयमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको वैठक भोलि बिहान बस्ने भएको छ । संसद अधिवेशनका विषयमा छलफल गर्न विहान ९ बजे बस्ने गरी एमालेले संसदीय दलको बैठक आह्वान गरेको हो ।

संसदीय दलको बैठक बसेर संसद अधिवेशनमा पार्टीका तर्फबाट उठाउने एजेन्डाका बारेमा छलफल गरिने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

सङ्घीय संसदका दुवै सदनको बैठक भोली अपरान्ह चार बजेका लागि बोलाइएको छ । संसद बैठकमा सरकारले बजेट परिमार्जन गर्ने र अध्यादेश ल्याउने तयारी गरिरहेको छ भने सरकारले चाल्ने कदम हेरेर त्यसको कडा प्रतिवादमा उत्रने प्रतिपक्षी एमालेको तयारी छ ।

Back to top button