प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने नारायण ठकुरीको घोषणा

दोलखा। नेपाली कांग्रेसको वडा अधिबेशन सकिए सगै नगरपालिका र गाउँपालिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
काङ्ग्रेस नेताहरुले आ–आफ्नो उम्मेदवार घोषणा गर्न सुरु गरेका हुन ।

बिहिबार सुनौलो अन्लाईन सग गर्दै काङ्ग्रेसका युवा नेता नारायण ठकुरीले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
लामो समय देखि काङ्ग्रेसमा क्रियाशिल रहेका ठकुरी दोलखा उद्योग बाणिज्य संघमा आबद्द रहेका छन। गएको स्थानिय तहको निर्वाचनमा ठकुरी भिनपा ५ को वडा अध्यक्षका उम्मेदवार समेत रहेका थिए।

राजनितीक सिद्धान्त अनुरुप संगठनका सुदृढीकरण गरि भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चलायमान बनाउने योजना रहेको ठकुरी बताउछन।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा प्रदेश प्रतिनिधिमा निर्बाचित गराउन ठकुरिले आग्रह समेत गरे।

Back to top button