दलित तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने चेत बहादुर विकको घोषणा

दोलखा । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा दलित तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने चेत बहादुर विकले घोषणा गरेका छन ।
आगामी निर्वाचनमा काङ्ग्रेसलाइ जिताउन
सवल कांङ्ग्रेस भन्ने नारालाइ आत्मसात गर्दै आफुले उम्मेदवारी घोषणा गरेको बिकले बताए।

पार्टिमा दलितको नेतृत्व गर्दै काङ्ग्रेस भित्र भएका विकृती र गुटबन्दी हटाउँने पहिलो उदेश्य रहेको उनले बताए ।
गाउँगाउँमा गएर कार्यकताको चाहना र भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउदै बिकले
पार्टीको आन्तरिक संगठन सुधारका लागि युवा जमातसँग सहकार्य गरेर सबैलाई समेट्ने गरी दलित, जनजाति, पीछडिएका वर्ग, आदिवासी, महिला, अल्पसंख्यक लगायतलाई नेपाली कांग्रेस सबैको पार्टी हो भन्ने अभियान मेरो मुख्य एजेन्डा रहेको उनी बताउछन।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा दलित तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित गराउन बिकले आग्रह समेत गरे ।

 

 

Back to top button