खुल्ला महाधिवेशन प्रतिनिधिमा यस कारण बलियो छन कुमार अधिकारी

दोलखा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कुमार अधिकारी (आरबी) ले खुल्लातर्फ महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गरेका छन।

लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशिल रहेका  अधिकारीले पार्टीको आसन्न  महाधिवेशनमा खुल्लातर्फको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन । सुनौलो अन्लाईन सग कुरा गर्दै अधिकारिले भने  अहिलेसम्म नेपाली कांग्रेसमा लागेर जुन समय दोलखाली जनताको लागि खर्च गरेको छु त्यही नै मलाई विश्वास गर्ने आधार हो । महाधिवेशन जितेर दोलखाली कै दुख सुखमा सगै बसेर काम गर्ने रहर भएकाले आफुले उम्मेदवारी घोषणा गरेको उनले बताए। राजधानी काठमाडौ रहेर विभिन्न ब्यवसाय गर्दै आएका अधिकारी प्रत्येक दोलखाली दु:ख सुखमा साथ दिने गर्दछन। सोही कारण पनि अधिकारी खुल्ला महाधिवेशन प्रतिनिधिको बलियो  उम्मेदवार हुन। दोलखालिको सारथि बनेका अधिकारीले बिपत ब्यवस्थापन मार्फत दर्जनौं बिरामीलाई आर्थिक सहयोग गरिसकेका छन।

विस २०४९ मा दोलखाको सैलुङ गाउँपालिका–३ मा रहेको दुर्गा माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई सभापति बनेका अधिकारी वि.स २०५४ मा नेविसंघका क्षेत्रीय सचिव बनेका थिए  ।

विस २०५८ मा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल दोलखाको सदस्य बनेका अधिकारीले विस २०६१ मा नेपाली काँग्रेसको सदस्यता लिएर आफ्नो समाजसेवालाई अगाडि बढाएका थिए ।

विस २०६३ मा नेपाल तरुण दल दोलखाको उपसभापति रहेका अधिकारीसँग नेपाली काँग्रेस दोलखाको विभिन्न विभागमा बसेर काम गरिसकेको अनुभव रहेको छ ।

नेपाली काँग्रेस पार्टीले विस २०७२ मंसीरमा निर्माण गरेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको सभापतिसमेत बनेका अधिकारी पार्टीको विस २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशनमा झिनो मतले महाधिवेशन प्रतिनिधीमा पराजीत भएका थिए ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आदर्श र सिद्धान्तलाई सर्वपरी ठानेर काँग्रेसको राजनीतिमा होमिएका अधिकारीले दोलखाको विकासका लागि धेरै काम गर्नुभएको छ ।

नेपाली काँग्रेस दोलखाको संगठनलाई बलियो र मजबुद बनाउँदै आगामी दिनमा मुलुकमा हुने तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजय गराउनका लागि आफूले काँग्रेसको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिन लागेको अधिकारीले बताए  ।

 

Back to top button