प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने पुष्कर बहादुर कार्की ( बिदुर)को घोषणा

दोलखा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएपछी चुनावी चहलपहल बढ्न सुरु भएको छ। महाधिवेशनको मिति तोकिए सगै दोलखामा पनि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुँदै गएको छ।
बुधबार सुनौली अन्लाईन सँग कुरा गर्दै कार्किले ०४८ सालमा जो नेतृत्वमा थिए ३० वर्षपछि पनि उनीहरु नै नेतृत्वमा बसिरहेको भन्दै कार्किले नयाँ पुस्ताको नेतृत्व गर्दै आफू अघि सरेको बताए। कांग्रेसमा अहिले पनि पुरानै पुस्ताले नेतृत्व गरिरहेको छ नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ , सोही अनुरुप प्रदेश (सभा – क) को प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको कार्किले बताए ।

तरुण दल दोलखाको उपाध्यक्ष रहेर तरुण दललाई चलायमान बनाउदै आएका कार्की लामो समय देखि काङ्ग्रेसमा क्रियाशिल रहेका छन।
काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा प्रदेश प्रतिनिधिमा निर्वाचित गराउन कार्किले आग्रह समेत गरे ।   

Back to top button