प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने चन्द्र गणेश काफ्लेको घोषणा

दोलखा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएपछी चुनावी चहलपहल बढ्न सुरु भएको छ। महाधिवेशनको मिति तोकिए सगै दोलखामा पनि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुँदै गएको छ।
बुधबार सुनौली अन्लाईन सँग कुरा गर्दै प्रदेश प्रतिनिधिका उम्मेदवार चन्द्र गणेश काफ्लेले राजनितीक सिद्धान्त अनुरुप संगठनका सुदृढीकरण गरि भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चलायमान बनाउने योजना रहेको बताए।पार्टीमा कुशल नेताको छबि बनाएका काफ्ले निवर्तमान तामाकोसी गाउँपालिकाका सचिब समेत रहेका थिए।

पाटीको सङ्गठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टीलाई जिताउने क्षमता आफुमा रहेको उनले दाबी गरेका छन् । काफ्लेसँग पार्टीका शीर्ष नेतादेखि केन्द्रीय, क्षेत्र,  जिल्ला र वडा तहका नेताहरुसँग निकट रहेर काम गरेका अनुभव छ । पाटी सँगठन र कार्यकर्ता ब्यवस्थापनमा कुसल रहेको उनको दाबी छ ।

तरुण दल हुँदै नेपाली काङ्ग्रेस तामाकोसी गाउँपालिका सचीव रहेर नेपाली काङ्ग्रेसलाई चलायमान बनाउदै आएका काफ्ले लामो समयदेखि काङ्ग्रेसमा क्रियाशिल रहेका छन। काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा प्रदेश प्रतिनिधिमा निर्वाचित गराउन काफ्लेले आग्रह समेत गरे ।

Back to top button