मिलिजुली कालिन्चोक साकोसको चार बर्षिय रणनीतिक योजना पुनरावलोकन

ईश्वर न्यौपाने,
दोलखा ।जिल्ला सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चार बर्षिय रणनीतिक योजना पुनरावलोकन गरेको छ ।

संस्थाले २०७५ साल असार १३ र १४ गते निर्माण गरेको उक्त योजना अनुसार नै संस्था सञ्चालन हुदै आएको छ। बिगत तिन बर्षमा ९० प्रतिशत भन्दा बढी सफलता हासील गर्न सफल भएको छ।हाल संस्था उक्त योजनाको चौथो बर्षमा सञ्चालनमा रहेको सहकारीले जनाएको छ।

संस्थाका सञ्चालक समिति, सिनियर र सेवाकेन्द्रका कर्मचारीहरु बिच उक्त रणनीतिक योजनाको चौथो बर्षमा कति लक्ष्य रहेको छ र उक्त लक्ष्यहरु प्राप्त गर्न कुन कुन रणनीतिहरु परिवर्तन गर्नुपर्नेछ, कुन कुन रणनीतिहरु थप गर्नुपर्नेछ र कसरी लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया  गरिएको सहकारिले जनाएको छ।

Back to top button