नेपाली काङ्ग्रेस दोलखाको पार्टी सचीवमा उम्मेदवारी दिने कुमार भुजेलको को घोषणा

दोलखा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा कुमार भुजेलले दोलखाको पार्टी सचीवमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
जिल्ला कार्यसमिति सदस्य समेत रहेका भुजेलले आगामी महाधिवेशनमा सचिबमा उम्मेदवारी दिने घोषणा गरेका हुन । बुधबार सुनौली अन्लाईन सँग कुरा गर्दै भुजेलले कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ त्यसैले मेरो उम्मेदवारी हो।
अहिलेसम्म नेपाली कांग्रेसमा लागेर जुन समय दोलखा र दोलखालीको लागि खर्च गरेको छु त्यही नै मलाई विश्वास गर्ने आधार हो भुजेल बताउँछन।
साबिक भिरकोटको तरुण दलको इकाइ हुँदै तरुण दलका जिल्ला सहसचीव भएका भुजेल पार्टिको क्षेत्रिय सचिब समेत भएका थिए ।१३ औं महाधिवेशनमा जिल्ला कार्य समितिमा निर्वाचित भएका भुजेल लामो समय देखि काङ्ग्रेसमा क्रियाशिल रहेका छन।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा प्रदेश प्रतिनिधिमा निर्वाचित गराउन काफ्लेले आग्रह समेत गरे ।

 

 

Back to top button