नेपाली काङ्ग्रेस दोलखाको पार्टी सचीवमा उम्मेदवारी दिने सुर्य बहादुर आचार्य (बालकृष्ण ) को घोषणा

दोलखा । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा सुर्य बहादुर आचार्य (बालकृष्ण )ले दोलखाको पार्टी सचीव उम्मेदवारी दिने घोषणा गरेका छन ।
जिल्ला सचीव समेत रहेका आचार्यले आगामी महाधिवेशनमा सचिबमा उम्मेदवारी दिने घोषणा गरेका हुन। हेर्नुस प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति                                               आदरणीय पत्रकार मित्रहरु उपस्थित नेपाली कांग्रेसको विभिन्न भुमिकामा रहनुभएका नेता गणहरु । प्रजातन्त्र र लोकतन्त्रको हिमायती पाटी हामी सबैको
आस्थाको धरोहर नेपाली कांग्रेसको १४ औं महाधिबेशनको सुरुवात भैसकेको छ । एकाध जिल्लाहरु बाहेक सबै जिल्लाहरुमा बढा
र गाउँ तथा नगर अधिवेशन सम्पन्न भैसकेको छ भने बाँकी जिल्लाहरुमा केही दिनभित्र सम्पन्न हुने चरणमा छ । लोकतन्त्रलाई आत्मसाथ गर्दै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गरि मुलुकलाई उपयुक्त गन्तव्यमा लैजानुपर्ने महत्वपुर्ण चुनौती सहितको जिम्मेवारी नेपाली काग्रेसको काँधमा छ । यो जिम्मेवारी पुरा गर्न हामी आम कार्यकर्ता आ आफ्नो ठाउँबाट प्रतिबद्धताका साथ लागिरहेका छौं । यो विषम परिस्थितिमा पाटीलाई मजबुत र एक ढिक्का बनाएर सुदृढ कांग्रेस निर्माण गर्नु हामी सबैको दायित्व हो ।
सोही दायित्वलाई सदुपयोग गर्ने महान अबसरको रुपमा मैले आशन्न १४ औं महाधिबेशन र मातहतका गाउँ नगर , क्षेत्र , जिल्लार प्रदेश अधिवेशनलाई लिएको छु । यिनै अधिवेशन मार्फत नेपाली कांग्रेसलाई सुदृढ र मुलुकको पहिलो पार्टी बनाउन हामी सबै
प्रयत्नशिल छौ।
उपस्थित सञ्चारकर्मी एवं मेरा सहकर्मी मित्रहरु यसै शन्दर्भमा म नेपाली कांग्रेस दोलखाको आशन्न १४ औ जिल्ला अधिवेशन सम्बन्धित रहेर केही कुराहरु यहाँहरुमाझ राख्ने अनुमती चाहान्छु । गएको १३ औं जिल्ला अधिबेशनमार्फत आम नेता, कार्यकर्ता
सहित सबै शुभेच्छुक शुभचिन्तकहरुको सहयोगमा म नेपाली काग्रेस दोलखाको जिल्ला कार्यसमिति सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएको थिएँ । पाटी नेतृत्व र सबै सहकर्मीहरुको साथ सहयोगले क्षमताले भ्याएसम्मका कामहरु गर्दै आउँदा कार्यकाल
थोरैमात्र बाँकी रहँदा समग्र जिल्ला कार्य समिति परिवार र हालका सभापति ज्युको प्रस्ताबमा मैले मनोनित पार्टी सचिब भएर काम गर्ने महान अवसर पाए । यो मेरा लागि अर्को गौरबको विषय थियो , उत्साहाका साथ उक्त पदमा रहेर अहिलेपनि कार्यसम्पादन गरिरहेको छु। साथिहरु जिम्मेवारीमा रहदा वा नरहँदा पनि मैले पाटी प्रतिको कृयाशिलतालाई कैलेही कमजोर हुन दिएको छैन र दिने पनि छैन । तशर्थ आशन्न १४ औं जिल्ला अधिबेशनलाई हामी सबै मिलेर एकताको अधिवेशन बनाउनुपर्छ भन्ने प्रस्ताब समेत पाटीमा
राख्ने तयारी गरेको छु । जिल्लामा कमजोर उपस्थिती रहेकाले पनि अन्य राजनीतिक शक्तिहरुलाई परास्त गनुपर्ने मुख्य चुनौती रहेकोबेला काग्रेस आन्तरिक विषयमा धेरै गहिरिनु हुन्न भन्ने मेरो निष्कर्श हो । एक व्यक्ती एक पदको अवधारणा बनाएर अघि वढी
पाटीमा खट्ने साथीहरु पाटीमा खटी, स्थानीय तह, प्रदेश र संघको निर्वाचन मार्फत जनप्रतिनिधि बनेर जनताको सेवा गर्न चाहाने साथीहरुलाई त्यसतर्फ अवसर दिउँ र उसलाई जिताउन लागि परों, यसो गर्दा सबैको भलो हुने मेरो विस्वास छ। आदरणीय साथिहरु कार्यकालको अन्तिम अन्तिम समयमा प्राप्त गरेको जिम्मेबारी अझ धेरै प्रभावकारी ढंगले पुरा गर्न नपाएको महसुस गरेको छु । संगठन विभाग सँग जोडिएर संगठन निर्माणमा थुप्रै कामहरु गर्ने योजना हुदाहुदै पनि छोटो समय , कोभिड महामारी
र पाटी अधिबेशन सँग सम्बन्धित कामको चटारोले धेरै विषयहरु अपुरै रहेका छन् । तशर्थ ति तमाम कामहरु गर्न र दोलखा काग्रेसलाई आम दोलखालीको पहिलो र रोजाइका पाटी निर्माण गर्न एकपटक पुन सचिब पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यदि यहाँहरूले
निवार्चीत गराउनुभएको खण्डमा संगठन निमार्ण र पाटीका काम बाहेक अन्यत्र कतै पनि दाबी नगर्ने जानकारी गराउँदछु । यहाँहरुको अमुल्य सहयोगको अपेक्षा गर्दै विजय गराउनुहुनेछ भन्ने विस्वास व्यक्र गर्दछु । जयनेपाल ।

सुर्य बहादुर आचार्य (बालकृष्ण
सचिब
नेपाली कांग्रेस दोलखा

Back to top button