जनजातिको हक र अधिकारका लागि लड्न मेरो उम्मेदवारी : आङ पासाङ शेर्पा

दोलखा । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा जनजाति तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने काङ्ग्रेसका प्रभावशाली नेता आङ पासाङ शेर्पाले घोषणा गरेका छन ।
जहाँ युवा नेतृत्व, त्यहाँ सवल काङ्ग्रेस भन्ने नारालाई आत्मसात गर्दै काङ्ग्रेसलाई सवल, सक्षम काङ्ग्रेस बनाउने लक्ष्यका साथ आफुले उम्मेदवारी घोषणा गरेको शेर्पाले बताए

सुनौलो अन्लाईन सग कुरा गर्दै शेर्पाले भने जनजाति कोटा ठूलो हैन, जनजातिको सवाल लिएर उठ्नु ठूलो कुरा हो गाउँ देखि जिल्ला हुँदै केन्द्र सम्म हरेक जनजातिको हक र अधिकारको निम्ति लडिरहेको छु, त्यसैले काङ्ग्रेस भित्रको जनजाति कस्तो हुनुपर्छ भनेर जनजातिको पहिचानका लागि मैले उम्मेदवारी दिने घोषणा गरेको हु ।

जनजातिको कुरा प्रत्यक्ष केन्द्र सग राख्नको लागि र पार्टी संगठन बलियो बनाउनको लागि
हजुरहरुको अमुल्य मतदान गरि बिजयी गराउन अपली गर्दछु ।

संगठन सुधारका लागि युवा जमातसँग सहकार्य गरेर सबैलाई समेटेर अगि बढ्ने उनी बताउँछन । दलित, जनजाति, पीछडिएका वर्ग, आदिवासी, महिला, अल्पसंख्यक लगायतलाई नेपाली कांग्रेस सबैको पार्टी हो भन्ने अभियान मुख्य एजेन्डा शेर्पाको तर्क छ ।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा जनजाति तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित गराउन शेर्पाले आग्रह समेत गरे ।

को हुन आङ पासाङ शेर्पा

२०३७ सालमा जिरिमा जन्मिएका शेर्पा सानै देखि सालिन र भद्र स्वभावका थिए ।  ०५३ सालमा जिरी उच्च माबीमा नेपाल विद्यार्थी संघ बाट राजनीति  सुरु गरेका उनी काङ्ग्रेसका क्रियाशिल युबा नेता हुन।

सङ्कट कालमा माओवादीले तरुण दलका अध्यक्ष हेमन्त प्रधानको हत्या गरेको थियो,त्यस्तो बेला समेत काङ्ग्रेसमा क्रियाशिल भएर संगठन बिस्तारमा लागेका शेर्पा ५८ सालमा जिरिको तरुण दल अध्यक्ष भएका थिए ।
शेर्पा ११ औं महाधिवेशनमा जिरी जिरी गाबिसको पार्टी संयोजक भएका थिए । १२ औं महाधिवेशनमा दोलखा प्रदेश (सभा क) को क्षेत्रीय सचिबमा निर्वाचित भएका थिए । ०७३ सालमा जनजाति संघ दोलखाका अध्यक्ष भएका शेर्पा हाल जनजाति महासंघका केन्द्रिय सचीव र संगठन बिभाग प्रमुख रहेका छन ।

हरेक जनजातिको सवालम सहयोग गर्दै आएका शेर्पा संगठन निर्माणमा समेत सक्रिय रहेका छन।

Back to top button